काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अहिलेसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै मूल्य बढीरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ।
आइतबार तीन हजार ८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीकाे मूल्य पनि हालसम्मकै उच्च हाे।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



