चितवन–२ मा सुनचाँदी व्यवसायी विपेन्द्र रामुदामु “विपिन” सहित काँग्रेसबाट दश उम्मेदवार सिफारिस

चितवन ।  नेपाली काँग्रेस चितवनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवन क्षेत्र नं–२ बाट सुनचाँदी व्यवसायी विपेन्द्र रामुदामु “विपिन”लाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ ।

सुनचाँदी क्षेत्रमा लामो समयदेखि विविध योगदान दिनुभएका रामुदामु नेपाली काँग्रेसका महासमिति सदस्य समेत हुनुहुन्छ । उहाँसंगै राजेश्वर खनाल, देवेन्द्र गुरुङ, राजन कार्की, जीतनारायण श्रेष्ठ, गीताकुमारी गुरुङ, कैलाश कोइराला, भूपतिदास सापकोटा, मिनाकुमारी खरेल र विनोद ढकाललाई पनि प्रत्यक्ष तर्फका लागि सिफारिस गरिएको छ ।

नेपाली काँग्रेस चितवनले क्षेत्र नं २ बाट प्राप्त सिफारिसलाई अनुमोदन गर्दै जिल्ला समितिले रायसहित केन्द्रीय समितिलाई उम्मेदवारको सूची सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय