सुनचाँदी कारोबार गर्दा अनिवार्य ग्राममा गर्नुहोस् : अध्यक्ष रसाईली

चितवन । सुनचाँदी कारोबार गर्दा अनिवार्य ग्राममा गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले अनुरोध गर्नुभएको छ । उहाँले सुनचाँदी व्यवसायी महिला समूह चितवनको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले बजारमा सुनचाँदी कारोबार गर्दा तोलामा बिक्री वितरण भएको छ भने बन्द गर्न निर्देशन दिनुभएको छ । “यदि ग्राममा सुनचाँदी कारोबार गर्न आउँदैन भने तुरुन्त संघलाई निवेदन दिनुहोस्, संघको निवेदनका आधारमा महासंघ तालिम दिन तयार रहेको छ” उहाँले भन्नुभयो । उहाँले विलासिता शुल्क तिरेको आधारमा सम्बन्धित जिल्ला तथा नगर संघहरुले अबदेखि सुन पाउने समेत बताउनु भयो ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलक प्रसाद विश्वकर्माले महिलालाई सीमित घेराबन्दी राख्न नहुने बताउनुभयो । उहाँले महिलालाई पनि महासंघ, प्रदेश, जिल्ला तथा नगर संघहरुमा समान रुपमा सहभागिता गराउनुपर्ने बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरुलाई आवश्यक तालिमहरुको सहजीकरण गर्न महासंघ तयार रहेको बताउनुभयो ।

साधारणसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्मा, समूहकी संस्थापक अध्यक्ष तथा महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्मा, महासंघ बागमती प्रदेश सदस्य टेकबहादुर विश्वकर्मा (दिनेश), अग्रज अभिभावक तथा मिलनरोड टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर खाती, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्मा, सुनचाँदी साकोसका अध्यक्ष रुबेन रामुदामु, तनहुँ चितवन विश्वकर्मा समाजका अध्यक्ष गोपाल बहादुर थापा वि.क, समूहकी सल्लाहकार निरु रामुदामुले शुभकामना मन्तव्य दिदैँ समूहको गतिविधिहरुको बारेमा खुलेर प्रशंसा गर्नुभयो ।

साधारणसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदामको विशेष उपस्थिति रहेको थियो।

साधारणसभामा समूहकी प्रथम उपाध्यक्ष तथा संयोजक सीता सदाशंकरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समूहको गतिविधि र उपलब्धीहरुका बारेमा समूहकी अध्यक्ष कल्पना गोतामेले प्रकाश पार्नुभएको थियो ।

सुनचँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरिता भट्टराई घतानेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव मन्जु विश्वकर्माले संचालन गर्नुभएको थियो ।

साधारणसभाको बन्द सत्रमा समूहकी महासचिव मन्जु विश्वकर्माले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष जुना सुनारले प्रस्तुत गर्नुभएको आ.व २०८१/०८२को आर्थिक प्रतिवेदन तथा आ.व.२०८२/०८३ को अनुमानित बजेट दफावार छलफलपश्चात पारित तथा अनुमोदन भएको थियो।

दियालो फुडल्याण्ड क्षेत्रपुरमा आयोजना भएको साधारणसभामा चितवन जिल्लाभरबाट १ सय जना महिला व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय