काठमाडौं । सुनचाँदी व्यवसायीहरुलाई गुणस्तर तथा नापतौल सम्बन्धी जानकारी गराउने उद्देश्यले शुक्रबार काठमाडौंमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंको आयोजनामा नेपाल सुनचाँदी व्यवसायी महासंघको सहजीकरणमा महासंघको बागमती प्रदेशभित्रका जिल्ला तथा नगर संघमा आवद्ध सुनचाँदी व्यवसायीलाई सो तालिम उपलब्ध गराएको हो ।
सहभागीहरूलाई गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका निरीक्षक दिपेन्द्र रोकाहाले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा महासचिव किरणभाई बज्राचार्य, सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवनज्योति विश्वकर्मा, सह-कोषाध्यक्ष पद्मसुन्दर शाक्यलगायत महासंघका अन्य प्रतिनिधिहरू, बागमती प्रदेश अन्तर्गतका जिल्ला तथा नगर संघमा आवद्ध सुनचाँदी व्यवसायीहरूको प्रतिनिधित्वमूलक सहभागिता रहेको थियो ।











