अबदेखि सार्वजनिक बिदामा समेत सुनचाँदी दरभाउ प्रकाशित हुने

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले अबदेखि सार्वजनिक बिदामा समेत सुनचाँदी दरभाउ प्रकाशित गर्ने निर्णय गरेको छ ।

महासंघको १० औं कार्यसमितिको बैठकको निर्णय अनुसार दशैंमा ४ दिन अष्टमीदेखि एकादशीसम्म, तिहारमा ३ दिन भाईटिकाको अघिल्लो दिनदेखि भोलीपल्टसम्म र शनिवार बाहेक सार्वजनिक बिदा हुने दिनहरूमा समेत नियमित दरभाउ प्रकाशित हुने महासचिव किरणभाई बज्राचार्यले बताउनुभयो।

महासंघले बिहीवार एक सूचना जारी गर्दै सम्पूर्ण व्यवसायीहरूलाई जानकारी गराएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय