बुटवल । नेपाल सुनचाँदी व्यवसायी महासंघको एसोसियट्स सदस्य विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेशनल ट्रेड सेभिङ्ग ग्रुप लिमिटेड (विजिएण्ट्स ग्रुप)को पाँचौं र छैठौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन यहि पुष २५ गते शुक्रबार बुटवलमा आयोजना हुने भएको छ ।
सोमबार होटल डि क्राउन इन तिलोत्तमा–२, रुपन्देहीमा सम्पन्न ग्रुपको पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठक ग्रुपका अध्यक्ष टुलकप्रसाद विश्वकर्माको अध्यक्षतामा र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष एवं ग्रुपका संरक्षक अर्जुन रसाईलीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
२०७६ साउन २२ गते स्थापना भएको ग्रुपमा ५ सय ५० भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।







