काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।
आइतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतवार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतवारको तुलनामा ४५ रुपैयाँले बढी हो।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



