सुनचाँदी व्यवसायी महासंघमा आवद्ध व्यवसायी तथा कर्मचारीहरुले अब स्वास्थ्य उपचारमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा आवद्ध व्यवसायी तथा कर्मचारीहरुले अब स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन्। महासंघले उपत्यकाका चार प्रमुख अस्पतालहरूसँग स्वास्थ्य सेवा शुल्कमा विशेष छुट सुविधा पाउने गरी सम्झौता गरिएको महासंघका महासचिव किरणभाई बज्रचार्यले जानकारी दिनुभयो ।

महासचिव बज्रचार्यका अनुसार महासंघ, जिल्ला संघ/नगर संघ/वस्तुगत  संघ र एसोसियट सदस्यहरु, कर्मचारी तथा परिवारका सदस्यहरूले उपचार, स्वास्थ्य परीक्षण र विभिन्न प्याकेजहरूमा छुट पाउने भएका छन् ।

स्वास्थ्य उपचारको खर्च निरन्तर बढ्दै गएको अवस्थामा सदस्य व्यवसायीहरूको पहुँचलाई सहज बनाउने उद्देश्यसहित महासंघले पछिल्ला वर्षयता स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्रमुख प्राथमिकता दिएको छ । यसै क्रममा प्रमुख अस्पतालहरूसँग गरिएको यो सम्झौतालाई महासंघले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको महासचिव बज्रचार्यले बताउनुभयो ।

महासंघले उपत्यकाका प्रमुख चार हस्पिटलहरु नर्भिक इन्टरनेशनल हस्पिटल– थापाथली, काठमाडौँ, ग्राण्डी इन्टरनेशनल हस्पिटल–टोखा, काठमाडौँ, मेडिसिटी हस्पिटल–नक्खु, ललितपुर, ह्याम्स हस्पिटल– चाबहिल, काठमाडौँसँग लिखित सम्झौता गरेको महासचिब बज्रचार्यले बताउनु भयो । उहाँले वयोधा हस्पिटल– बल्खु, काठमाडौँसँग सम्झौता प्रक्रियामा रहेको बताउनुभयो ।

छुट पाउने प्रक्रियामा महासंघ वा सम्बन्धित संघले जारी गरेको परिचय पत्र र सिफारिस पत्र अनिवार्य रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय