सुनचाँदी व्यवसायी महिला समूह चितवनको साधारणसभा मंसिर २२ गते आयोजना हुने

चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा संरक्षित सुनचाँदी व्यवसायी महिला समूह चितवनको १३ औं वार्षिक साधारण सभा मंसिर २२ गते सोमबार आयोजना हुने भएको छ।

सोमबार समूहकी अध्यक्ष कल्पना गोतामेको अध्यक्षतामा सम्पन्न भएको नियमति कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

बैठकले समूहकी प्रथम उपाध्यक्ष सीता सदाशंकरलाई साधारण सभा मूल आयोजक समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको महासचिव मन्जु विश्वकर्माले जानकारी दिनुभयो। उहाँले सदस्य महिला व्यवसायीहरूलाई यथासिघ्र समूहको सदस्यता नवीकरण गर्न अनुरोध गर्नुभएको छ।

साधारण सभामा चितवन जिल्लाभरबाट करिब दुई सय जना महिला व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहने प्रवक्ता गंगा रामदाम सुनारले जानकारी दिनुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय