सुनको मूल्य एकैदिन ५ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

केही दिन घटेको सुन फेरि उकालो लागेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन ३११५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय