काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलामा दुई लाख ४१ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



