नयाँ योजनालाई प्रोत्साहन गर्न महानगर सदैव तयार छ : नगर प्रमुख चिरिबाबु महर्जन

ललितपुर। ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले ललितपुर सुनचाँदी व्यवसायी संघको नयाँ योजनालाई प्रोत्साहन गर्न महानगर सदैव तयार रहेको बताउनु भएको छ ।

ललितपुर सुनचाँदी व्यवसायी संघको १३ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनलाई समुउद्घाटन गर्दै नगर प्रमुख महर्जनले सो कुरा बताउनु भएको हो ।

उहाँले ललितपुर सुनचाँदी व्यवसायी संघको धेरै भन्दा धेरै योजना र कार्यक्रमहरूलाई आगामी वर्ष रातो किताबमा प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले म विचाराले के बोलु, मलाई बोल्न त महाभारत नै पर्यो भन्दै ठट्यौली पारामा आफूलाई सुनचाँदीको विषयमा केहि बोल्न समेत नआउने बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय