सुनचाँदी व्यवसायी संघ चितवनद्वारा प्रहरी निरीक्षक कार्कीलाई स्वागत तथा सम्मान

चितवन। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक कुशराम कार्कीलाई स्वागत तथा सम्मान गरेको छ।

आज बिहीबार संघको कार्यालय दियालोरोडमा अध्यक्ष हेमबहादुर विश्वकर्माले पुष्पगुच्छा अर्पण गर्दै स्वागत तथा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा संघका अध्यक्ष विश्वकर्माले सुनचाँदी व्यवसायीहरूको शान्ति सुरक्षाको सवालमा विगत लामो समयदेखि सुनचाँदी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडि बढेको साथै आगामी दिनमा पनि सहकार्य रहिरहने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी निरीक्षक कार्कीले अपराध न्यूनिकरण र नियन्त्रणमा वडा प्रहरी कार्यालय र सुनचाँदी व्यवसायी संघ चितवनबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो।

उहाँले सुनचाँदी व्यवसायीहरूलाई कानुन अनुसारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै संदिग्ध व्यक्तिलाई कानुनी दायरामा ल्याउन संघको महत्वपूर्ण सहयोग रहने उहाँले अपेक्षा राख्नुभयो।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, केन्द्रीय सदस्य ऋतु सेन्चुरी , महासंघ बागमति प्रदेश सदस्य दिनेश खातीको उपस्थिति रहेको थियो।

संघका अध्यक्ष हेम बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव गोपाल बहादुर वि.क थापाले सहजीकरण गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय