चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको दशौँ वार्षिक साधारण सभा आगामी पुष २८ गते सोमबार आयोजना हुने भएको छ।
आज बिहीबार सम्पन्न संघको कार्यसमिति बैठकले यो निर्णय गरेको हो । साधारण सभामा चितवन जिल्लाभरबाट करिब ५ सय जना व्यवसायी प्रतिनिधिहरू सहभागिता हुनेछन्।
आगामी पुष १५ गतेसम्म संघमा आवद्ध शाखा, इकाई र महिला समूहको साधारण सभा सम्पन्न गर्ने समेत निर्णय गरेको संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
उहाँले सुनचाँदी व्यवसायीहरूलाई यथासिघ्र सदस्यता नवीकरण गर्न समेत अनुरोध गर्नु भएको छ।



