ललितपुर सुनचाँदी व्यवसायी संघको साधारण सभा तथा अधिवेशनको तयारी अन्तिम चरणमा

ललितपुर। ललितपुर सुनचाँदी व्यवसायी संघको १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

शनिबार ललितपुरको शंखमुलस्थित यल दरवार भेन्यूमा आयोजना हुने साधारणसभा तथा अधिवेशनको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष सुविन बज्राचार्यले जानकारी दिनुभयो।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्ने साधारण सभा दिउँसो ३ बजेबाट सुरु हुने अध्यक्ष बज्राचार्यले बताउनुभयो।

त्यस्तै साधारणसभाको बन्द सत्र शनिबार बिहान ११ बजेदेखि संचालन हुने अध्यक्ष बज्राचार्यले बताउनुभयो।

अध्यक्ष बज्राचार्यका अनुसार साधारण सभा तथा अधिवेशनका लागि अतिथिहरुलाई निमन्त्रणा गर्ने कार्य समेत सम्पन्न भएको र साधारण सभामा करिब ४ सय ५० जना प्रतिनिधिहरूको सहभागिता रहने छ ।

आगामी नेतृत्व चयनका लागि निर्वाचनका गतिविधिहरू एक हप्ता अगाडि नै सम्पन्न भएको र नयाँ नेतृत्व साधारणको उद्घाटन सत्रमा घोषणा हुने अध्यक्ष बज्राचार्यले बताउनुभयो।

संघले सुनचाँदी व्यवसायीको हकहित तथा सुरक्षाका सम्बन्धमा विभिन्न निकायहरूसँग विभिन्न समयमा छलफल गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय