बुटवलमा कर शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल। बुटवलमा कर शिक्षा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल सुनचाँदी व्यवसायी संघको आयोजना र आन्तरिक राजस्व कार्यालय बुटवलको समन्वयमा कर शिक्षा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बिहीबार एशियन पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको हो ।

संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।

आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत चिरञ्जीवी बस्यालले कर सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

उहाँले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको संघका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय