सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार सुन स्थिर रहँदा चाँदीको भाउ भने सामान्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय