सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं। स्थानीय बजारमा बुधबार(आज) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज बुधबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो।

बुधबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदी प्रतितोला ४५ रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलाको दुई हजार नौ सय ६५ रूपैयाँ पुगेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय