काठमाडौं । तिहार अवधिभर सुनचाँदी दरभाउ प्रकाशित नहुने भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महानिर्देशक शिव दुवाडीले आज सोमबार सूचना प्रकाशित गर्दै तिहार अवधिभर कार्तिक ४ गतेदेखि ८ गतेसम्म दरभाउ प्रकाशित नहुने जानकारी दिनुभयो।
उहाँले कार्तिक ९ गते आइतबारदेखि पुन: दरभाउ प्रकाशित हुने जानकारी दिनुभयो।




