काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार भने सुन २ लाख ५८ हजार रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ७५ रुपैयाँ घटेर आज ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ



