सुनचाँदीको मूल्य हालसम्मकै सर्वाधिक, आज कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ७ हजार १ सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ हजार १ सय रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ७५ रुपैयाँ बढेर प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । सुन र चाँदीको मूल्य हालसम्मकै सर्वाधिक रहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय