सुनको भाउमा नयाँ किर्तीमान, तोलाको २ लाख ५० हजार नाघ्यो

काठमाडौं । आज बिहीबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । बुधबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १५ हजार १ सय ५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ८ सय ८ रुपैयाँ तोकिएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय