सुनचाँदीको मूल्य हालसम्मकै सर्वाधिक, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ हजार १ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ हजार १ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ सय ५ रुपैयाँ बढेर प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । सुन र चाँदीको मूल्य हालसम्मकै सर्वाधिक रहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय