काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ४४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले बढेर २ लाख ४० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १२५ रूपैयाँ कायम भएकोमा आज ९५ रूपैयाँले बढेर ३ हजार २२० रूपैयाँ कायम भएको छ। यो सुनचाँदीको मूल्य हालसम्मकै उच्च हो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



