कुरिनटारमा सुनचाँदी व्यवसायीहरूको भेटघाट तथा छलफल कार्यक्रम

चितवन। कुरिनटारमा सुनचाँदी व्यवसायीहरूको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माको अध्यक्षतामा आज (आइतबार) आयोजित भेटघाट तथा छलफल कार्यक्रममा वर्तमान कर प्रणाली, व्यवसायिक उत्तरदायित्व, पारदर्शिता र इकाईको भूमिकाको विषयमा गहन छलफल भएको थियो ।

छलफलमा कर प्रणालीलाई व्यवसायमैत्री बनाउने, कालोबजारी नियन्त्रण गर्ने र पारदर्शिता कायम गर्ने उपाय बारे विचार आदानप्रदान भएको थियो ।

कार्यक्रममा सहभागी इकाईका व्यवसायीहरूलाई निर्धारित समयमा विलासिता शुल्क बुझाउन अध्यक्ष विश्वकर्माले आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरूलाई खरिद खाता, बिल-विजक, भरपाईहरू चुस्त दुरूस्त राखेर कारोबार गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कले जिल्ला संघको गतिविधि र संघले हासिल गरेका उपलब्धीका विषयमा व्यवसायीहरूलाई जानकारी गराउनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन इच्छाकामना गाउँपालिका इकाईका अध्यक्ष राजु सुनारले विलासिता करका कारण व्यवसाय तहसनहस भएको र उपभोक्तामा समेत नकारात्मक असर परेको बताउनुभयो।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम, महासंघ बागमती प्रदेशका सदस्य तथा जिल्ला सल्लाहकार टेक बहादुर वि.क.(दिनेश), इच्छाकामना गाउँपालिका इकाईका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो। संघका सचिव प्रेम बहादुर वि.क.ले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय