काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम भएको छ।
महासंघका अनुसार अघिल्लो दिन शनिबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



