मौसम परिवर्तन जस्तै संगठनात्मक फेरबदल सधैं हितकारी नहुन सक्छ

मौसम परिवर्तन जीवनको अटुट अंग हो। गर्मीपछि वर्षा, वर्षापछि जाडो-परिवर्तन स्वाभाविक छ। तर, प्रत्येक मौसमले मानव जीवनमा भलाइ नै ल्याउँछ भन्ने हुँदैन। कहिले वर्षाले बाली नष्ट गर्छ, कहिले चिसोले जनजीवन कष्टकर बनाउँछ।

त्यसैगरी, संगठन र संस्थाहरूमा पनि समयसँगै रूपरेखा फेरिनु स्वाभाविक हो। नेतृत्व परिवर्तन, कार्यशैलीमा नवीनता, कार्यदिशा पुनर्संरचना-यी सबै आवश्यक हुन सक्छन्। तर प्रश्न यहाँ उठ्छ-के यस्ता परिवर्तनहरू सधैं संगठनभित्रका सदस्यहरूको हितका लागि गरिन्छन् ? वा ती नेतृत्व प्राप्त गर्ने चाहनाले प्रेरित राजनीतिक चालहरू हुन् ?

सुनचाँदी व्यवसाय क्षेत्रका केही पुराना नेताहरूमा पनि मौसम जस्तै बदलिने समस्या देखिएकाे छ कुरा गरौ, कारखाना र कालिगढ संघर्ष समितिका सन्दर्भमा हेर्दा यो प्रसंग झन् सान्दर्भिक देखिन्छ।

‘संघर्ष’ समितिले रूपरेखा र मौसम फेर्दै गरेको स्पष्ट देख्न सकिन्छ, यसले ल्याएका नयाँ रूप, कार्यक्रम र एजेण्डा- यी सबै व्यवसायी र मजदुरको वास्तविक हितका लागि हो कि नेताहरूको स्थान सुरक्षित गर्ने उपाय मात्र ? यो भने अहिले सुनचाँदी वृत्तमा निकै चर्चामा देखिन्छ ।

नेतृत्वले परिवर्तन ल्याउने नाममा संगठनलाई मौसम झैं अनावश्यक रूपमा फेरिरहनु मात्र परिवर्तन होइन,  त्यो परिवर्तनको उद्देश्य र प्रभाव पनि प्रश्नको केन्द्रमा आउँछ । किनकि संगठनको नाममा गरिने हरेक चाल, रणनीति वा नारा अन्ततः व्यवसायी, मजदुर, कालिगढ-यी वास्तविक कार्यकर्ता र सरोकारवालाको हितमा पर्नैपर्छ । सरोकारवालाकै विरूद्धमा हुनु हुँदैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय