काठमाडौं। नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्य घटेको छ। विहीवार प्रतितोला १२ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोला ४२ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। विहीवार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। विहीवारको उक्त मूल्य हालसम्मकै उच्च हो।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । विहीवार प्रतितोला ३ हजार २५ रूपैयाँमा कारोबार भएको चाँदी आज शुक्रवार प्रतितोला ३ हजार ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



