सुनचाँदीको पर्याप्त आपूर्तिका लागि बैंकर्स संघमा महासंघको छलफल

काठमाडौं । सुनचाँदीको मूल्य विश्वव्यापी रुपमै लगातार वृद्धि हुँदै जाँदा नेपाली बजारमा यसले प्रत्यक्ष प्रभाव पारेको छ । लगातारको मूल्य वृद्धिका कारण सुनचाँदीको माग बढेपछि नेपालमा पनि यसको उपलब्धता सीमित हुन पुगेको छ ।

यतिबेला सुनचाँदी व्यवसायीहरुको व्यवसायिक सिजनको बेला रहेको हुँदा सहज रुपमा सुनचाँदीको पर्याप्त आपूर्तिका लागि नेपाल बैंकर्स संघसँग नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधि मण्डलले आज बिहीवार विशेष छलफल गरेको छ ।

महासंघका अध्यक्ष अर्जुन रसाईलीको नेतृत्वमा गएको टोलीले नेपाल बैंकर्स संघकी वित्त, मानव संसाधन र सञ्चालन शाखाकी निर्देशक कविता जोशीसँग सुनचाँदीको सहज तथा पर्याप्त आपूर्तिको माग गर्दै विशेष छलफल गरेको महासचिव किरणभाई बज्राचार्यले बताउनुभयो ।

छलफलमा महासंघका अध्यक्ष रसाईली सहित महासचिव किरणभाई बज्राचार्य,कोषाध्यक्ष सुदीप श्रेष्ठ, केन्द्रीय सदस्य हेमराज शाक्य, र महानिर्देशक शिव दुवडीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय