सुनचाँदीको मूल्य हालसम्मकै सर्वाधिक, आज कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा १२ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बुधबार २९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ७० रुपैयाँ बढेर प्रतितोला ३ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीको मूल्य हालसम्मकै सर्वाधिक रहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय