काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख ३५ हजार ४०० रुपैयाँ थियो । यस्तै बुधबार छापावाल सुन १० ग्रामको २ लाख १ हजार ८२० रुपैयाँ कायम भएको छ ।
यसैबिच बुधबार चाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा २ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार ५ रूपैयाँ घटेर २ हजार ९५५ रुपैयाँ पुगेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



