काठमाडौं । दशैंपछि सुनको भाउ तोलामा १२ हजार रुपैयाँ भन्दा धेरै बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन गरिएको थिएन।
दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा १२ हजार २ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
सोमवारको तुलनामा आज २ हजार ३ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।
चाँदी दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ । असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलवार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी मूल्य स्थिर रहेको छ।



