सुनचाँदीको भाउमा कीर्तिमान कायमै, प्रतितोला २५ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।

सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेर २ हजार ९ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ प्रतितोला २ हजार ९ सय ३० रुपैयाँ रहेको थियो ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय