सुनचाँदीको भाउमा कीर्तिमान कायमै, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।

सुनको भाउ आज एकैदिन तोलामा ७४ सय रुपैयाँले बढेर २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असोज १२ गते आइतवार सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ प्रतितोला १ सय २० रुपैयाँले बढेर २ हजार ९ सय ३० रुपैयाँ पुगेको छ । यसअघि असोज १२ गते आइतवार चाँदीको भाउ प्रतितोला २ हजार ८ सय १० रुपैयाँ रहेको थियो ।

त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघले असोज १३ गते सोमवारदेखि असोज १८ गते शनिवारसम्म दशैं पर्व बिदा रहेको हुँदा दरभाउ प्रकाशित गरेको थिएन ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय