काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले असोज १२ गते आइतबार प्रकाशित दरभाउ मात्र कायम रहने गरि दशैं अवधिभर कारोबार गर्न सबैमा अनुरोध गरेको छ ।
राष्ट्र बैंकको कार्यविधि अनुसार नै महासंघमार्फत सुनचाँदी दरभाउ प्रकाशन हुदैँ आइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार २०४४ सालदेखि निरन्तर हालसम्म फूलपातीको दिनदेखि दशैँअवधिभर दरभाउ प्रकाशन नहुने प्रचलन रहेको छ ।
जिल्ला तथा नगर संघहरुले आफू खुशी दरभाउ प्रकाशित गरि कारोबार गरेकोमा महासंघले त्यस्तो कार्य नगर्न सबैमा अनुरोध गरेको छ । आज प्रकाशित भनिएको दरभाउ आधिकारिक नभएको महासंघले बताएको छ ।
आफू खुशी दरभाउ प्रकाशित गरि कारोबार गर्ने क्रममा कानुनी अड्चनहरु आएमा महासंघ जिम्मेवार नरहने महासंघले जनाएको छ ।



