काठमाडौँ । असोज १३ गते सोमबारदेखि असोज १८ गते शनिबारसम्म सुनचाँदीको दरभाउ प्रकाशित नहुने भएको छ ।
भोलिदेखि नेपालीहरुको महानपर्व बडा दशैँ बिदा प्रारम्भ भएको हुदाँ सुनचाँदीको दरभाउ प्रकाशित नहुने नेपाल सुनचाँदी व्यवसायी महासंघका महानिर्देशक शिव दुवाडीले बताउनुभयो ।
उहाँले असोज १९ गते आइतबारदेखि पुनः दरभाउ प्रकाशित हुने बताउनुभयो ।



