काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ ।
यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



