सुनचाँदीको भाउमा पुन: नयाँ रेकर्ड, सोमवार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतवार छापावाल सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्यले पनि सोमवार बढेको छ । आइतवार प्रतितोला २ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले बढेर २ हजार ६ सय ५० रूपैयाँमा कोरोबार भइरहेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय