धनगढी । सुनचाँदी व्यवसायी संघ कैलालीद्धारा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयलाई विहीवार आवश्यक सामाग्री सहयोग गरेको छ ।
सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले कार्यालयलाई आवश्यक पर्ने सामाग्री कुर्चीहरू जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी सुनचाँदी व्यवसायी संघ कैलालीले जिल्ला मालपोत कार्यालय कैलालीलाई विद्युतीय सामाग्री सहयोग गरेको छ । केही दिन अघि जेनजी समूहबाट भएको प्रदर्शनले कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो।
कामकाज ठप्प भएको कार्यालयको दैनिक काममा सहज, छिटो, छरितो होस् भन्ने उद्देश्यले सुनचाँदी व्यवसायी संघले सरकारी कार्यालयहरुलाई सहयोग गरेको अध्यक्ष सुनारले बताउनुभयो ।
अध्यक्ष सुनारले आगजनी तथा तोडफोडले क्षतिग्रस्त भएका कार्यालयहरूका लागि सहयोग अपिल समेत गर्नुभएको छ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सुनचाँदी व्यवसायी संघ कैलालीका पदाधिकारीहरु तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।



