सुनचाँदी व्यवसायी संघ चितवनद्वारा जिप्रका चितवनलाई जिन्सी सामाग्रीहरु सहयोग हस्तान्तरण

चितवन । भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका कारण ध्वंस भएको जिल्ला प्रशासन कार्यालय चितवनलाई नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिन्सी सामाग्रीहरु कम्युटर सेट, प्रिन्टर, टेबल तथा कुर्चीहरू सहयोग हस्तान्तरण गरेको छ ।

आज बिहीबार संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कको नेतृत्वमा गएको टोलीले जिप्रका चितवनलाई उद्योग वाणिज्य संघ चितवनको रोहवरमा उक्त समाग्रीहरु हस्तान्तरण गरेको हो ।

सहयोग सामाग्रीहरु ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले अहिले क्षति भएको ठाउँहरूमा सबैले हातेमालो गरेर पुरानै अवस्थामा फर्काउन सहयोग गर्न आह्वान गर्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष वि.कले अहिलेको विषम परिस्थितिमा सबै निकाय र समुदायले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । विपद्को घडीमा सामाजिक उत्तरदायित्वका स्वरूप संघले सहयोग गरेको उहाँको भनाइ छ ।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी, संघका महासचिव गोपाल बहादुर वि.क थापा, कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर, कार्यसमिति सदस्यहरू लक्ष्मण सेन्चुरी र अमृत सिंह भि.केको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय