पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले सावधानीपूर्वक व्यवसाय संचालन गर्न मातहतका जिल्ला तथा नगर संघलाई आग्रह गरेको छ । जेन–जी आन्दोलनका कारण त्रासमा रहेका व्यवसायीलाई महासंघ गण्डकी प्रदेशले यस्तो आग्रह गरेको हो ।
मंगलबार जिल्ला तथा नगर संघलाई परिपत्र गर्दै महासंघ गण्डकी प्रदेशले कारोबार गर्दा असुरक्षित महसुुस भएमा नजिकको प्रहरी कार्यालय वा आर्मीको सम्पर्क रहन अनुरोध गरेको छ ।
देशमा शान्ति सुरक्षा, अमनचयन नहुदाँसम्म पसलमा कम तौल भएका र थोरै मात्रामा गरगहना सो गर्न समेत महासंघ गण्डकी प्रदेशले आग्रह गरेको छ ।
यस्तो छ महासंघ गण्डकी प्रदेशको परिपत्र




