उच्च मूल्यबाट घट्यो सुनचाँदी

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार उच्च मूल्यमा पुगेको सुनको मूल्य बुधबार तोलामा १ हजार र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार ५५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ५९५ रुपैयाँ थियो ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय