नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबारकाे तुलनामा साेमबार छापावाल सुन प्रतितोला १ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे। सुन सोमबार ताेलामा २ लाख १५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेकाे हो। आइतबार सुन प्रतितोला २ लाख १५ हजार १ सय रूपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेको छ। चाँदी ताेलामा सोमबार २ हजार ५ सय ७५ रूपैयाँमा काराेबार भइरहेकाे हाे।आइतबार चाँदी तोलाको २ हजार ५ सय ७० रूपैयाँमा कारोबार भएको थियाे ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय