पूर्ववत् सहमति कार्यान्वयन गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुरोध

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले पूर्ववत् सहमति कार्यान्वयन गर्नका लागि अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीलाई पत्रचार गरेको छ ।

महासंघले गत भदौं ९ गते सोमवार सहसचिव खत्रीलाई पत्रचार गर्दै पूर्ववत् सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।

पत्रमा भनिएको छ “संशोधित व्यवस्था कार्यान्वयनमा आउनु अगाडीको अवधिमा विलासिता शुल्क तथा हीरा, जवाहरात, रत्न पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर मिनाहाका लागि अर्थमन्त्रालय तथा आन्तरिक राजस्व विभागले आवश्यक व्यवस्था मिलाउने भन्ने सहमति भए अनुरुप व्यवसायीले आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरी पुरानै तरिकाले व्यवसाय संचालन गरेको यहाँहरूलाई अवगत नै छ ।”

तर एकाएक महासंघहरुलाई नै भ्रममा पारेर साउन देखि नै विलासिता शुल्क लिने भनिएकोमा महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय