सावधानीपूर्वक व्यवसाय संचालन गर्न महासंघको आग्रह

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले सावधानीपूर्वक व्यवसाय संचालन गर्न आग्रह गरेको छ ।

देशभर जेनेरेसन-जेड(जेनजी) प्रदर्शन चलिरहेको कारण महासंघले सावधानीपूर्वक व्यवसाय संचालन गर्न आग्रह गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले प्रदर्शनका कारण पसलहरु तोडफोड हुन सक्ने भएकाले पसल तथा व्यवसाय खोल्नु पूर्व बजारको माहोल हेरेर मात्र खोल्न आग्रह गर्नुभएको छ ।

त्यसैगरी, प्रदर्शनमा मृत्युवरण हुनुभएका विद्यार्थी भाई-बहिनीहरूलाई श्रद्धाञ्जली प्रकट गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले घाइते विद्यार्थी भाई-बहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सोमवार जेनेरेसन-जेड(जेनजी) प्रदर्शनमा सरकारी पक्षबाट भएको धरकपडको महासंघले ध्यानाकर्षण भएको बताउँदै विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय