काठमाडौं । आइतवार उच्च मूल्यमा पुगेको सुनको भाउ सोमवार केही घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आज २ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २५ सय रुपैयाँ रहेको चाँदी आज २४ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदी पनि अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



