हङकङ। दलित आन्दोलनका अग्रणी व्यक्तित्व तथा साहित्यकार विश्वभक्त दुलाल “आहुति”लाई विश्वकर्मा समाज हङकङले हङकङमा भव्य स्वागत तथा सम्मान गरेको छ।
सेप्टेम्बर ३ बुधवार समाजले मिट एण्ड ग्रिट कार्यक्रमको आयोजना गर्दै आहुतिलाई सम्मान गरेको हो । समाजले आहुतिसँग समाज र दर्शनका विषयमा विशेष छलफल तथा संवाद गरेको थियो।
कार्यक्रममा हङकङ नेपाली महासंघका नवनिर्वाचित अध्यक्ष नविन सुहाङ्ग र एनआरएनए हङकङ लिमिटेडका अध्यक्ष जयन्ती गरुङ र समाजकी प्रमुख सल्लाहकार बेलकुमारी विश्वकर्माको विशेष उपस्थिति रहेको थियो।
विश्वकर्मा समाज हङकङले कार्यसमितिलाई पूर्णता दिँदै आफ्ना सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरेको थियो। कार्यक्रम समाजका संस्थापक तथा अध्यक्ष रामचन्द्र विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
त्यसैगरी १ मार्च २०२५ मा स्थापना भएको समाजले हङकङ सरकारबाट ९ अप्रिल २०२५ मा आधिकारिक प्रमाण पत्र प्राप्त गरेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । आहुतिसँग मिट एण्ड ग्रिट कार्यक्रम यस समाजको पहिलो कार्यक्रम रहेको उहाँले बताउनुभयो। उहाँले “समृद्धिका लागि एकता” भन्ने मूल नाराका साथ स्थापित यस समाजको प्रमुख उद्देश्यहरू शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा सहयोग र सद्भाव कायम गर्नु रहेको बताउनुभयो ।





