मध्यम र निम्न वर्गका सुनचाँदी व्यवसायीहरू पलायन हुने सम्भावना बढ्यो : केन्द्रीय सदस्य विश्वकर्मा

रुपन्देही (सैनामैना) । सैनामैना सुनचाँदी व्यवसायी संघले विलासिता कर सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । संघले सैनामैना नगरपालिका वडा नं १०  को  कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

संघका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चेतनारायण विश्वकर्मा (विष्णु) को प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले विलासिता कर कार्यान्वयनका कारण विशेषत: मध्यम र निम्न वर्गका सुनचाँदी व्यवसायीहरू पलायन हुने सम्भावना बढेको बताउनुभयो। उहाँले सुनचाँदीमा लगाइएको विलासिता कर खारेजीको लागि माग गर्नुभयो।

कार्यक्रममा नवलपरासी सुनचाँदी व्यवसायी संघका महासचिव देवेन्द्र वि.कको आतिथ्यता रहेको थियो । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट दीपक विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष श्रीधर गहतराजले स्वागत मन्तव्यमा प्रस्तुत गर्नुभएको थियो भने संघका गौतम गहतराजले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय