काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज आइतवार पनि कीर्तिमान बनाएको छ ।
सुनको भाउ आज एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला २ हजार ४ सय ९० रुपैयाँ रहेको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



