काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।
आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो । बुधवार सुनको भाउ एकै दिन २ हजार रुपैयाँ बढेेको थियो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । हिजो बुधवार पनि सोही मूल्य कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २४ सय ८० रुपैयाँ कायम छ । हिजो बुधवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।



